अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली दुईजना मन्त्रीसहित ओलाङचुङगोला

अध्यक्ष ओली दुईजना मन्त्रीसहित ओलाङचुङगोला


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दुईजना मन्त्रीसहित सुदूरपूर्वको नेपाल-चीन सिमाना ओलाङचुङ्गोला पुग्नभएको छ।

पार्टी सचिव योगेश भट्टराई, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरि उप्रेतीसहित अध्यक्ष ओली ओलाङचुङगोला पुग्नुभएको हो।

सडक र सीमा क्षेत्र अवलोकनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठ र रक्षामन्त्री उप्रेतीलाई लिएर अध्यक्ष ओली पूर्वी नाका ओलाङचुङगोला पुग्नुभएको हो।

अध्यक्ष ओलीलाई ओलाङचुङ्गोलामा स्थानीयले स्वागत गरेका थिए।

अध्यक्ष ओली बिहीबार नै काठमाडौं फर्कनु हुने छ।

निर्माणाधीन तमोर करिडोरले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोलालाई भर्खरै जोडेको छ। गत फागुन ८ गते तमोर करिडोरको ट्र्याक ओलाङचुङगोलासम्म जोडिएको थियो। त्यहाँबाट चीनको सीमासम्म २२ किलोमिटर ट्र्याक खन्न बाँकी रहेको छ। तीन हजार २०० मिटर उचाइमा रहेको ओलाङचुङगोलासम्म पुग्ने ट्र्याक खन्ने काम २०७४ फागुनबाटै सुरू भएको थियो।

नेपाल, भारत र चीन जोड्ने तमोर करिडोर त्रिदेशीय सडक मार्गसमेत हो। भारतसँगको सिमाना विराटनगरको रानीदेखि धनकुटा मूलघाट हुँदै पाँचथरको सुभाङखोला–अमरपुर, ताप्लेजुङको फुङ्लिङ–ओलाङ्चुङगोला–टिपतालासम्म सडकको दुरी २९९ किलोमिटर छ।

ओलाङचुङगोला ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट तीन दिनको पैदल यात्रामा पुगिने पर्यटकीय क्षेत्र हो। कञ्चनजंघाको फेदीमा रहेको हिमाली पर्यटकीय गाउँ ओलाङचुङगोलाको अन्तिम दुई अक्षर गोला भने मात्रै पनि धेरैले बुझ्छन्। पर्यटकीय गाउँ ओलाङचुङगोलाका बासिन्दा चार सय वर्षदेखि बसोबास गर्दै आएको इतिहास छ। ओलाङचुङगोला ५२ सय मिटरको उचाइमा रहेको छ। समुद्री सतहबाट ३२ सय मिटरको उचाइमा अवस्थित ओलाङचुङगोला आर्थिक, सामाजिक, एवं सांस्कृतिक सम्पदाहरूले भरिपूर्ण छ।