अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काभ्रेको रोशीमा बुद्धचित्तको रुख काटियो, सकेट बम राखेर आरोपीहरू फरार

काभ्रेको रोशीमा बुद्धचित्तको रुख काटियो, सकेट बम राखेर आरोपीहरू फरार


बनेपा-राेशी गाउँपालिका-५ नागबेली स्थित ठाकुरानी तामाङको बारिमा रहेको बुद्धचित्त मालाको रुख अपरिचित ब्यक्तिले काटेका छन् ।

गएराती अन्दाजी १:०० बजेको समयमा समुहमा आएका १५/२० जना अपरिचित ब्यक्तिले बुद्धचित्त मालाको रुख काटेका हुन् । उनीहरुले सोही घरको ढोका र आगनमा ४ वटा घरेलु सकेट बम समेत राखेका छन्। गएराति ठकुरानी तामाङको बोधिचित्तको रूख काटिदिएर घरको ढोकामा सकेट बम जस्तो देखिने विस्फोटक पदार्थ राखिदिएको पाइएको बागमती प्रदेश प्रहरीका डीआईजी विष्णुकुमार केसीले जानकारी दिनुभयो।

नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको प्रहरिले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।काटेको बुद्धचित्त (बोधिचित्त)को रुख वार्षिक तीन करोड रुपैयाँ लेन–देन सम्झौतामा विक्री भएकाे थियाे।

घरधनी शेरबहादुर तामाङले  बताएअनुसार, वार्षिक ३ करोड रुपैयाँमा सम्झौता गरेर बुद्धचित्तको रुख बिक्री गरिएको थियो । सम्झौता अनुसार, विक्री भएको रुखमा उत्पादन हुने बुद्धचित्तको दाना उनीहरुले लैजाने थिए ।

उहाँले काभ्रेका सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेको बताउनु भयो।  सत्यमान लामा र त्रीपाठी वर्षेनी जोडिने यो बोटको मालाका विषयमा सधै विवाद हुने गर्दथ्यो । यो बोटको मालाकै विषयले रोशी क्षेत्र बर्षेनी तनाबमा समेत पर्ने गरेको थियो । 

माला किनबेच गर्ने र एकले अर्काको रकम हिनामिना गर्ने, ठगी गर्ने, माला नै चोरी गर्ने, एउटालाई बेचेको माला अर्कोलाई पनि बेचिदिने, संझौता एउटाले गर्ने अर्कैले टिप्ने जस्ता विषय र यो बोटमा फल्ने सानो आकारको मालाको कारण यो बोट सधै काभ्रेमा चर्चाको विषय बन्थ्यो । मालाको कारोबारमा भइरहेको दुस्मनीले नै बोट काटिएको हुनसक्ने स्थानीयहरुको अनुमान छ ।