अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीका मुख्यमन्त्री महरालाई संसदबाट विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री महरालाई संसदबाट विश्वासको मत


काठमाडौं-लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाउनुभएको छ।

आज उहाँले संसदबाट विश्वासको मत पाउनुभएको हो। ८७ सदस्यीय प्रदेशसभाबाट नवनियुक्त मुख्यमन्त्री महराले ४८ सांसदको मत पाउनुभएको हो।

उहाँलाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र सांसद १ गरी ४८ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिनुभएको हो।

कांग्रेसका २७ र जनमोर्चाका १ सांसददले विपक्षमा मतदान गर्नुभएको थियो भने राप्रपाका ४ र लोसपाका ३ जना सांसद बैठकमा अनुपस्थित हुनुहुन्थ्यो।

ख्यमन्त्री महरा गत चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।