अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेलसँग विपीन जोशीका परिवारको भेट

राष्ट्रपति पौडेलसँग विपीन जोशीका परिवारको भेट


काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इजरायलमा बेपत्ता भएका कञ्चनपुर भीमदत्त नगरपालिकाका विपिन जोशीको परिवारले छिटो र सकुशल उद्धारका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको छ। 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार जोशीका आमाबाबुसहितको टोलीले राष्ट्रपति पौडेललाई भेटेर सो आग्रह गरेको हो। 

सो अवसरमा राष्ट्रपति पौडेलले यसबारेमा आफू चिन्तित रहेको र उद्धारका लागि आफ्नोतर्फबाट सकारात्मक पहल हुने विश्वास दिलाउनुभयो।

२०८० असोज २० गते इजरायलमा हमासले गरेको आक्रमणमा परी दश नेपालीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए।