अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभालाई अदालतले संवैधानिक नभएको जस्तो व्यवहार गर्‍यो: अध्यक्ष ओली

प्रतिनिधि सभालाई अदालतले संवैधानिक नभएको जस्तो व्यवहार गर्‍यो: अध्यक्ष ओली


काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्मानित अदालतले प्रतिनिधि सभालाई संवैधानिक नभएको जस्तो व्यवहार गरेको आरोप लगाएका छन्।

बुधबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसद्सम्बन्धी मुद्दामा अदालतले आफूखुसी फैसला गर्दै आएको टिप्पणी गरे।

अध्यक्ष ओलीले विगतमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अदालतबाट आफूअनुकूल फैसला भएको देखेको उल्लेख गर्दै ती फैसलालाई आफूहरूले स्वीकार्दै आएको बताए।

अहिले प्रतिनिधि सभासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहे पनि फैसला हुन नसकेको भन्दै ओलीले अदालतको भूमिकामाथि प्रश्न उठाए ।

अध्यक्ष ओली भने, ‘प्रतिनिधि सभाको विघटनसम्बन्धी सम्मानित अदालतबाट आफूअनुकूल फैसला भइरहेको देखेकै हो । हामीले स्वीकार्दै आएका हौँ। अहिले सम्मानित प्रतिनिधि सभाको मुद्दा अदालतमा छ । तर अदालतले प्रतिनिधि सभा संवैधानिक होइन जस्तो गरेको छ। कुनै फैसला गर्दैन।’