अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

विकल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

विकल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा


काठमाडौंसुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशन पदमा कार्यरत विकल पौडेलविरुद्ध मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध अमेरिकाको कानुनी स्थायी आवासीय अनुमतिपत्र लिएर सरकारी सेवा सुविधा लिएको आरोपमा आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेले विदेशी मुलुकको स्थायी बसोबास अनुमतिप्राप्त व्यक्ति भएर पनि नेपालमा राष्ट्र सेवकको ओहदा लिइ लाभ र सुविधा प्राप्त गरेको अभियोगमा मुद्दा दर्ता गरेको जानकारी दिनुभयो।

यो मुद्दामा पौडेललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) अनुसार कैद सजाय माग गरिएको छ।

उक्त दफा अनुसारको कसुर स्थापित भए ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि २० हजार रूपियाँसम्म जरिवाना हुन्छ।