काठमाडौं-कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गर्नुहुने भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराहन्न ५:३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने हुनु भएको हो।
कतारका अमिर थानी दुई दिने राजकीय भ्रमणका क्रममा मंगलबार काठमाडौँ आउँदै हुनुहुन्छ । सो अवसरमा सरकारले मंगलबार सार्बजनिक बिदा समेत दिएको छ ।
प्रतिक्रिया