अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुल्मीमा सोलार प्यानल पड्किँदा भएको आगलागीबाट घरगोठ जलेर नष्ट

गुल्मीमा सोलार प्यानल पड्किँदा भएको आगलागीबाट घरगोठ जलेर नष्ट


गुल्मी – गुल्मीमा सोलार प्यानल पड्किँदा भएको आगलागीबाट एउटा घरगोठ जलेर नष्ट भएको छ । जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका मोटे कुमालको २ तले कच्ची घर, गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घरमा जोडिएको सोलारको प्यानल पड्किएर आगोलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, काठदाउरा, भाडाकुडा सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । आगलागीबाट एउटा बाख्रा पनि जलेको प्रहरीले जनाएको छ ।
पछिल्लो एक साताभित्र आगलागीबाट इस्मामा मात्रै ठूलो क्षति भएको छ । गर्मी र सुख्खा सिजन शुरुभएसँगै गुल्मीमा आगलागीबाट करोडौंको क्षति भएको छ । जिल्लाका विभिन्न ठाउँका सामुदायिक वनमा लागेको आगो बस्तीमा छिर्दा घर गोठसँगै पशुचौपाया पनि मरेका छन् ।