अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले अध्यक्ष ओलीद्वारा फिल्म ‘नमेटिने घाउ’को छायाङ्कन

एमाले अध्यक्ष ओलीद्वारा फिल्म ‘नमेटिने घाउ’को छायाङ्कन


काठमाडौँ-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’को छायांकन सुरु गर्नुभएको छ। मंगलबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा उहाँले फिल्मको सुटिङ सुरु गर्नुभएको हो।

केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’ एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो। फिल्म अभिनेता रमित ढुङ्गाना रहेका छन्।

२०७७ असोजमा ओली नेतृत्वको मन्त्रिपरिषद्ले तेजाब आक्रमण गर्नेलाई कडा सजाय हुनेगरी फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधनको प्रस्ताव पास गरेको थियो। फिल्मको कथाअनुसार सोही सन्दर्भ चित्रण गर्नुपर्ने भएकाले फिल्ममा अध्यक्ष ओली प्रधानमन्त्रीको भूमिका रहेको छ।

फिल्ममा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, रचना गौतम, सिम्रन खड्का, सुप्रज्ञा शर्माले समेत अभिनय गर्दैहुनुहुन्छ। एसिड आक्रमणका घटना भएका ठाउँहरु पोखरा, वीरगञ्ज, रौतहटको चन्द्रपुर, भक्तपुर, बनेपा, नवलपुर र पनौतीमा छायांकन हुने भएको छ।