अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखराको होटल व्यवसाय प्रवर्द्धनमा सरकार र निजी क्षेत्रका बीचमा थप सहकार्य आवश्यक छ: मुख्यमन्त्री अधिकारी

पोखराको होटल व्यवसाय प्रवर्द्धनमा सरकार र निजी क्षेत्रका बीचमा थप सहकार्य आवश्यक छ: मुख्यमन्त्री अधिकारी


गण्डकी-गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मुलुकको पर्यटकीय राजधानी पोखरा घोषणालाई कार्यान्वयनमा ल्याउन सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको छ।

 पोखरा महानगरपालिका-६ लेकसाइडमा नवनिर्मित ‘पोखरा भिजेल एण्ड स्पा’को आज शुभारम्भ गर्नुहुँदै उहाँले भौतिक पूर्वाधार निर्माणसँगै गुणस्तरीय सेवामा जोड दिन होटल व्यवसायीलाई आग्रह गर्नुभयो। 

मुख्यमन्त्री अधिकारीले पर्यटन क्षेत्रको प्रवद्र्धनमा सरकार र निजी क्षेत्र बीचमा थप सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले समृद्धिको आधार पर्यटन व्यवसायमा रु छ अर्बभन्दा बढी लगानी भएको जनाउँदै सरकारीस्तरबाट थप सहयोग आवश्यक छ भन्नुभयो।

पोखरा महानगरपालिका-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले सरकारी सेवा सुविधाबाट पर्यटन व्यवसायी वञ्चित रहेको उल्लेख गर्दै कर असुलीसँगै राज्यका तर्फबाट आवश्यक सेवा सुविधा उपलब्ध गराउनुपर्ने बताउनुभयो।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले पछिल्लो समय पोखराको पर्यटन प्रवद्र्धनमा आकर्षण बढेको बताउनुभयो। पोखरा भिलेजका सञ्चालक हरि शर्मा गैरेले ६५ वटा कोठासहित तीन वटा सभा कक्ष भएको सो भवन निर्माणमा रु २५ करोड लगानी भएको जानकारी दिनुभयो। होटलमा हाल ७४ जनाले रोजगार प्राप्त गरेको उहाँको भनाइ छ। कार्यक्रममा सञ्चालक बालकृष्ण गैरे, जनरल मेनेजर लक्ष्मण खड्कालगायतले होटलले प्रदान गर्ने सेवा सुविधाका बारेमा प्रकाश पार्नुभएको थियो।