अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण

लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण


काठमाडौं-लक्ष्मी सनराइज बैंकले आफ्नो दुई वटा शाखाहरु स्थानान्तरण गरेको छ। बैंकले काठमाडौं उपत्यकाभित्रका दुई शाखा स्थानान्तरण गरेको हो।

जसमा काठमाडौं महानगरपालिकाको महाराजगन्जमा रहेका २ शाखामध्येबाट १ शाखा भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर २, बालकोटमा स्थानान्तरण गरिएको हो। योसँगै काठमाडौं महानगरपालिकाको पेप्सिकोलाका २ मध्ये १ शाखा पनि भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाको वडा ८, बोडेमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

स्थानान्तरण गरेसँगै बैंकले सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास लिएको छ । हाल लक्ष्मी सनराइज बैंकले ५९ जिल्लामा २५८ शाखामार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ भने बैंकका ३२१ एटीएम, २८ एक्सटेन्सन काउन्टर र १३२ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।