अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्री कँडेलले भन्नुभयो: प्रश्न नआउने गरी काम गर्नेछु

विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्री कँडेलले भन्नुभयो: प्रश्न नआउने गरी काम गर्नेछु


सुर्खेत-कर्णाली प्रदेश सभाको बैठक सुरू भएको छ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रतिप्रश्न नउठाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

आज बसेको प्रदेश सभा बैठकमा विश्वासको मत माग्दै कँडेलले प्रश्न नउठ्ने गरी काम गर्ने बताउनु भएको छ हो।

उहाँले भन्नुभयो, ‘मेरो प्रतिबद्धता भनेको कर्णालीलाई समृद्धिको बाटोमा लैजाने नै हो। कर्णालीको विकास, समृद्धिको यात्राको सम्बन्धमा विगत छ वर्षदेखि अहिले पनि तपाईँहरु सँगसँगै मिलेर काम गरिरहेको हुनाले तपाईँहरूको भरोसा बमोजिम काम गर्न थप हाेहलल्लाका लागि सबै माननीयले विश्वास गर्नुहुने छ।’

यामलाल कँडेल चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। सत्तारूढ दलहरू एमाले, नेकपा माओवादी केन्द्र र नेकपा (एस) का २४ जना सांसद छन्। एमालेबाट एक जना सभामुख छन्।