अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ

न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ


काठमाडौँ – उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक केजी ८ सय ग्राम सुन र डेढ करोड रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । ‘रकम र सुनका विस्कुटसहित पाँच जना पक्राउ परेका छन् । केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिँदैछ’, रेग्मीको भनाइ छ ।