अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँको न्यूरोडबाट बरामद सुन र रकम सार्वजनिक

काठमाडौँको न्यूरोडबाट बरामद सुन र रकम सार्वजनिक


काठमाडौँ-प्रहरीले काठमाडौँको न्यूरोडबाट बरामद १ किलो ८ सय ग्राम सुन र डेढ करोड रकमसहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको छ। 

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार डेढ किलोभन्दा केही बढी सुन र झन्डै डेढ करोड रुपैयाँसहित चार नेपाली र तीन भारतीय नागरिकलाई पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका वडा-३, टाँटे बस्ने वर्ष ४७ का गणेश दत्त बडु,  झापा बिर्तामोड नपा-३ का ३० वर्षीय दिनेश खरेल, दार्चुला टाटे नपा-३ का २१ वर्षीय आयुष बहु र झापा बिर्तामोड नपा-३ का २२ वर्षीय भातराज खोल छन्। 

तीन भारतीय नागरिकमा भारत महाराष्ट्र सांगली आटपाडी थाना ठेगानाका ३७ वर्षीय अमोल विभूत, सोही ठेगानाका १८ वर्षीय ऋषिकेश प्रकाश विभूते र १८ वर्षीय गणेश सतिश वाल्टे छन्। 

उनीहरूको साथबाट १७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।