अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड मोरङको गोठगाउँमा

प्रधानमन्त्री प्रचण्ड मोरङको गोठगाउँमा


मोरङ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङको गोठगाउँमा पुग्नुभएको छ। काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट प्रचण्ड मोरङ आइपुग्नुभएको हो।

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको  १२औँ दीक्षान्त समारोहका लागि प्रधानमन्त्री प्रचण्ड मोरङ आउनुभएको उहाँको सचिवालयले जनाएको छ। 

गोठगाउँमा उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विश्वविद्यालयका पदाधिकारीले स्वागत गरेका छन्।