अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मतदानपछि सुहाङ नेम्वाङले भन्नुभयो: चुनाव जित्नेमा विश्वस्त छु

मतदानपछि सुहाङ नेम्वाङले भन्नुभयो: चुनाव जित्नेमा विश्वस्त छु


इलाम इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन शुरु भएको छ। बिहान ७ बजेबाट मतदान शुरु भएको हो। जिल्लामा शान्तिपूर्ण मतदान जारी रहेको बताइएको छ। 

इलाम-२ मा प्रतिनिधि सभाको उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार रहेका सुहाङ नेम्वाङले मतदान गर्नुभएको छ। मतदान गरेपछि सुहाङ नेम्वाङले आफू निकै उत्साहित र जित्नेमा विश्वस्त भएको बताउनु भएको छ।

उहाँले घरदैलो कार्यक्रममा मतदाताहरुले देखाएको मायाले जित्नेमा विश्वस्त रहेको बताउनुभयो। निर्वाचनको परिस्थितिले भावुक बनाएको बताउँदै उहाँले निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको स्मरण गर्नुभयो।

इलाम २ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्। निर्वाचन आयोगका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेछ। ४२ वडा रहेको इलाम २ मा एक लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन।