अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तराईका भू-भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि, सबैभन्दा गर्मी भैरहवामा

तराईका भू-भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि, सबैभन्दा गर्मी भैरहवामा


काठमाडौँ-विगत केही दिनदेखि देशका अधिकांश भू-भागहरूमा तापक्रम बढ्दो क्रममा छ। तराईका भू-भागहरूमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार भैरहवामा सर्वाधिक गर्मी थियो । त्यहाँ अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस मापन गरिएको छ। त्यस्तै, जनकपुरमा अधिकतम तापक्रम ४१.४ डिग्री सेल्सियस रहेको थियो।

४० डिग्री वा सोभन्दा बढी तापक्रम रहेका अन्य स्थानमा सिमरा (४०.३ डिग्री सेल्सियस), विराटनगर (४०.२ डिग्री सेल्सियस) तथा धरान (४० डिग्री सेल्सियस) रहेका छन् ।