अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाम-२ मा एमालेका नेम्वाङलाई ५ हजारभन्दा बढी मतको अग्रता

इलाम-२ मा एमालेका नेम्वाङलाई ५ हजारभन्दा बढी मतको अग्रता


काठमाडौं-इलाम क्षेत्र नम्बर २ को मतगणना लगभग अन्तिम चरणमा पुगेको छ। फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई लगायतका वडाहरूको मतगणना सकिइसकेको छ। 

देउमाई नगरपालिकाको वडा नम्बर ३ मत गणना सकिदा एमालेका सुहाङ नेम्वाङले १६ हजार ९ ४४ मत पाउनु भएको छ। त्यस्तै, उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ११ हजार २ ७३ मत प्राप्त गरेका छन्।

उहाँहरुबीच ५ हजार ६ सय ७१ मतको अन्तर रहेको छ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ९ हजार ४४ मत प्राप्त गरेका छन्। चौथोमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बूले भने २ हजार ८ सय ३ मत प्राप्त गरेका छन्।

यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ८ हजार ६ सय ८९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलनकुमार लिम्बुले २ हजार ३ सय १३  मत प्राप्त गर्नुभएकाे छ।

अहिलेसम्म ४१ हजार ३ सय ८३ मत गणना भइसकेको छ।