अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कसैको पहिचान मिचिएको छ भने आफ्नै ल फर्मबाट निःशुल्क मुद्दा लड्छु: सुहाङ नेम्बाङ

कसैको पहिचान मिचिएको छ भने आफ्नै ल फर्मबाट निःशुल्क मुद्दा लड्छु: सुहाङ नेम्बाङ


इलाम-इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सुहाङ नेम्बाङले कसैको पहिचानको हक मिचिएको पाइए आफ्नो ‘ल फर्म’बाट निशुल्क मुद्दा लड्ने घोषणा गर्नुभएको छ।

मंगलबार निर्वाचित भएपछि सदरमुकाम इलाम बजारमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

‘सबै पहिचानको हक र अधिकार सुनिश्चित गर्ने संविधान छ। कतै अधिकार मिचिएको छ भने म मेरो ल फर्मबाट नि:शुल्क मुद्दा लड्नेछु,’ नेम्बाङले भन्नुभयो।

प्रतिनिधिसभा सदस्य निर्वाचित सुहाङ नेम्बाङले उहाँले आफूले इमानदारीतापूर्वक काम गर्ने बताउँदै इलामेली जनताको शिर नझुकाउने बताउनुभयो।

अग्रजले एउटा विकासको बाटो बनाइदिएको भन्दै अब त्यसलाई पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको उहाँले बताउनु भयो। 

‘कसैलाई नराम्रो देखाएर, मिलेर विकास निर्माणको अभियानमा लागेका छौँ। यो देख्दा मलाई खुसी लागेको छ,’ उहाँले भन्नुभयो।