अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुहाङ नेम्बाङको प्रतिबद्धता: तपाईंहरूको सीर कहिल्यै झुक्न दिने छैन

सुहाङ नेम्बाङको प्रतिबद्धता: तपाईंहरूको सीर कहिल्यै झुक्न दिने छैन


इलामा-इलामा-२ को उपनिर्वासनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले हरेक मतदाताको एक-एक मतको सम्मान गर्ने बताउनुभएको छ।

मंलबार प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि आयोजित कार्यक्रममा बोल्दै नेम्बाङले नागरिकको हरेक मतको सम्मान गरेर अघि बढ्ने बताउनुभयो। उहाँले आफ्ना पिता सुवासचन्द्र नेम्वाङले देखाएको उज्यालो बाटो समाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘तपाईंहरूको सीर कहिल्यै पनि झुक्न दिने छैन’, उहाँले भन्नुभयो।

इलामको विकास गर्न सबैको सल्ला सुझाव लिएर अघि बढ्ने उहाँले बताउनुभयो । ‘यहाँहरूकै सल्लाह, सुझाव लिएर, ततपाईंहरूकै भावना अनुसार चल्नेछु’, उहाँले भन्नुभयो।

नवनिर्वाचित प्रतिनिधि सभाका सांसद नेम्वाङले आफूले इमान्दार र निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम इलामका जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे निर्वाचन आयोगले छोटो अवधिमा नै निर्वाचनको काम सम्पन्न गर्न जिम्मेवारी दिएको भए पनि कुनै त्रुटि नहोस् भनेर काम गरेको बताउनुभयो। सबैको समन्वयकारी भूमिकाको कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उहाँले बताउनुभयो । यसको लागि उहाँले सबैलाई धन्यवाद दिनुभयो ।