अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डिजेल र मट्टितेलको मूल्य घट्यो

डिजेल र मट्टितेलको मूल्य घट्यो


काठमाडौं-नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो।

इण्डियन आयल कर्पोरेशनबाट डिजेल र पेट्रोलको मूल्यमा गिरावट भएर आएपछि नेपालमा पनि  डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ।

पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ। त्यस्तै, हवाइ इन्धनको मूल्य वृद्धि भएको छ।