अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कपिलवस्तुको वाणगंगामा घरभित्रै पतिपत्नीको शव भेटियो

कपिलवस्तुको वाणगंगामा घरभित्रै पतिपत्नीको शव भेटियो


कपिलवस्तु-कपिलवस्तुको वाणगंगा नगरपालिका वडा-८ ढोडेकोलमा पतिपत्नीको मृत फेला परेका छन्। 

वाणगंगा नगरपालिका-८ ढोडेकोल निवासी ६० वर्षीय टेकलाल भुसाल र उहाँकी ५५ वर्षीया श्रीमती जुठी भुसाल बुधबार बिहान घरभित्रै मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। 

मृतक श्रीमान् भर्‍याङमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमती खाटमा फेला परेकी छन् । घटना हुँदा घरमा कोही नभएको बताइएको छ । प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताएको छ।