अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

श्रमसम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण उपलब्धि: अध्यक्ष ढकाल

श्रमसम्बन्धी विवाद स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण उपलब्धि: अध्यक्ष ढकाल


काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम सम्बन्धी विवादहरू स्थानीय तहमा नै समाधान हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ।

बुधवार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उहाँले यस्तो बताउनु भएको हो। केन्द्र तथा प्रदेशहरूमा श्रम सल्लाहकार परिषद् गठन हुनु, स्थानीय श्रम सम्बन्धी विवादहरू स्थानीय तहमा नै दुई पक्षीय र आवश्यक परेको अवस्थामा, त्रिपक्षिय संवादका माध्यमबाट समाधान खोज्ने व्यवहारमा विकास हुनुले पनि श्रम विवादका घटनाहरूमा निकै कम भएको बताउनुभयो।

उहाँले नेपालमा पनि सामाजिक संवादमार्फत श्रम सम्बन्धी समस्याको समाधान गर्ने विषयले थप महत्व पाउँदै गएको बताउनु भयो। उहाँले सामाजिक संवाद र आपसी सहमति कायम गरी श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएको विषयलाई अन्तर्राष्ट्रिय निकायले असल अभ्यासका रुपमा सलने गरेको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘नेपालको श्रम सम्बन्ध जुन रुपमा विकास भइरहेको छ, त्यसलाई अन्य मुलुकले पनि निकै अभिरुचीका साथ हेर्ने गरेको विभिन्न अन्तर्राष्ट्रिय गोष्ठीमा देख्न सकिन्छ। यो हाम्रा लागि सुखद् अवसर पनि हो। सामाजिक संवाद र आपसी सहमति कायम गरी श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ल्याएको विषयलाई अन्तर्राष्ट्रिय निकायले असल अभ्यासका रुपमा लिने गरेका छन्।’

अध्यक्ष ढकालले आगामी दिनमा आउने समस्या समाधानका लागि रोजगारदाता र श्रमिक मिलेर जानुको विकल्प नरहेको जिकिर गर्नुभयो। उहाँले लगानी सम्मेलनको एजेण्डालाई सबै राजनीतिक दल र नेताहरूले निजी क्षेत्रको लगानी र विकास बढाउने ऐक्यवद्धता गरेको भन्दै आगामी दिनमा आर्थिक क्रियाकलाप बढाउने र रोजगारी सिर्जना गर्ने ढोका खोलेको बताउनुभयो।