अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर इन्टरनेट सेवामा समस्या

देशभर इन्टरनेट सेवामा समस्या


काठमाडौँ- नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या देखिएको छ। इन्टरनेट सेवा प्रदायकहरुले सेवामा समस्या देखिएको स्वीकार गरेपनि के भएको भन्नेबारे थप जानकारी गराएका छैनन् । नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या देखिएको छ।
इन्टरनेट प्रयोगकर्ताहरुले वर्ल्डलिंक, सुबिसु,भायनेटलगायतका सेवामा समस्या देखिएको गुनासो गरिरहेका छन् । 

बिहीबार करिब ४ बजेदेखि उत्पन्न भएको सेवा हालसम्म समाधान हुन सकेको छैन । कतिपय सेवाग्राहीले इन्टरनेट चल्न नसकेको बताएका छन् भने कतिपयले चाहिँ चलेको भएपनि सुस्त गति रहेको बताएका छन् ।