अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिपक्षको काम नै समीकरण भत्काउने बन्यो: प्रधानमन्त्री प्रचण्ड

प्रतिपक्षको काम नै समीकरण भत्काउने बन्यो: प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ-प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सत्ता गठबन्धन भत्कने अवस्थामा नरहेको बताउनुभएको छ।

शनिवार काठमाडौँमा माओवादी केन्द्रको संसदीय दलको बैठकलाई संशोधन गर्दै प्रचण्डले सत्तापक्ष र प्रतिपक्षका कतिपय बाटोमा आन्तरिक अन्तर्विरोध भने गम्भीर प्रकारको रहेको उल्लेख गर्नुभयो।

बैठकमा सहभागी एक सदस्यका अनुसार प्रचण्डले भन्नुभयो, ‘प्रतिपक्षको काम भनेको समीकरण भत्काउने परम्परा नै भइसक्यो। तत्काल अहिलेको यो समीकरण भत्काउन सक्ने स्थिति देखिँदैन। तर सत्ता पक्ष र प्रतिपक्षका कतिपय बाटोहरूमा आन्तरिक अन्तर्विरोध भने गम्भीर प्रकारको देखिन्छ।’

अध्यक्ष प्रचण्डले संसद् बैठक सुचारु गर्नका लागि विपक्षी दलहरूसँग संवाद जारी राखेको बताउनु भयो ।