अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दक्षिणपन्थी अवसरवादका अवशेसको अन्त्य अहिलेको मुख्य कार्यभार: प्रदिप ज्ञवाली

दक्षिणपन्थी अवसरवादका अवशेसको अन्त्य अहिलेको मुख्य कार्यभार: प्रदिप ज्ञवाली

एमालेको गण्डकीका जनप्रतिनिधिलाई तीन दिने प्रशिक्षण जारी


पोखरा-नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले दक्षिणपन्थी अवसरवादका अवशेसको अन्त्य अहिलेको मुख्य कार्यभार भएको बताउनुभएको छ।

अवसरवादको अवशेषको अन्त्य नभएसम्म समाजवादको आधार निर्माण असम्भव भएको भन्दै वर्तमान हरेक तहको पार्टीको नेतृत्व त्यसतर्फ केन्द्रीत हुन् उपमहासचिव ज्ञवालीले आग्रह गर्नुभयो।

एमाले स्कूल विभाग प्रमुख समेत रहनुभएका उपमहासचिव ज्ञवालीले पोखरामा जारी स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आयोजना गरेको तीन दिने गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा दोस्रो दिन प्रशिक्षण प्रदान गर्ने क्रममा उक्त कुरा बताउनुभएको हो।

नेता ज्ञवालीले समाजवादको आधार निर्माणका लागि बलियो राष्ट्रिय शक्तिको रूपमा एमालेलाई स्थापित गर्न आवश्यक मार्गनिर्देश गर्दै समाजवादी समाज निर्माणका जगहरूको निर्माणमा लाग्न आग्रह गर्नुभयो।

सामाजिक न्याय सहितको आर्थिक विकास को अवधारणा अनुसार स्थानीय तहाहरोले आफ्नो नीति तथा कार्यक्रम तय, गर्नुपर्ने उहाँको जोड थियो।

देश विकासको लागि पुजी निर्माण स्थानीय तहको अर्को कार्यभार भएको र आय निर्माणका कार्यक्रममा केन्द्रीत हुन आग्रह गर्दै पूर्वाधार सहितको मानव पुजी निर्माणमा जोडदिनुभयो।

प्रशिक्षणमा उपमहासचिव ज्ञवालीसहित एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देबेन्द्र दाहाल, सोही विभागका सचिव हर्कराज राइ, केन्द्रीय स्कूल विभाग सदस्य रामशरण प्याकुरेल, प्राध्यापक डाक्टर तत्व तिम्सिना सहितका नेताहरूले सहजिकरण गरिरहनुभएको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनन्जय दवाडीले बताउनुभयो।

प्रशिक्षणमा एमालेबाट गण्डकी प्रदेशका स्थानीय तहमा निर्बाचित प्रमुख ,उपप्रमुख , जिल्ला समन्वय समितिका प्रमुख ,उपप्रमुख र प्रत्येक जिल्लाबाट एक जना वडा अध्यक्षसहित पार्टीका जिल्ला कमिटि अध्यक्ष र इन्चार्जहरू गरी करीब एक सय जनाको सहभागिता रहेको नेकपा एमाले गण्डकी प्रदेशका उपसचिव तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिनुभयो।