अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जापानकी विदेशमन्त्री कामीकावा योकोबीच भेटवार्ता भएको छ। सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार अपरान्ह उहाँहरूबीच भेट भएको उहाँको सचिवालयले जनाएको छ। 

यस अघि उहाँले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नुभएको थियो।

विदेशमन्त्री योको आइतबार मध्यान्ह उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा औपचारिक भ्रमणमा आइपुग्नुभएको हो।

उहाँको यो पहिलो नेपाल भ्रमण हो। आजै उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। 

भ्रमणका क्रममा आइतबार दिउँसो उहाँले काठमाडौँ दरबार क्षेत्रको समेत अवलोकन गर्नुभयो।