अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनकपुरमा शुभश्री सहकारीको ८० लाख लुटपाट

जनकपुरमा शुभश्री सहकारीको ८० लाख लुटपाट


जनकपुरधाम-धनुषाको जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारी संस्थाको ८० लाख रुपैयाँ लुटपाट भएको छ। 

श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेको ८० लाख रुपैयाँ अज्ञात समूहले हतियार देखाएर लुटेका हुन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित थुमौनामा महतोको साथबाट रकम लुटपाट भएको प्रहरीले जनाएको छ। महतोले झोलामा उक्त रकम राखेका थिए।