अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतीका मुख्यमन्त्री बिरामी भएपछि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै

बागमतीका मुख्यमन्त्री बिरामी भएपछि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै


काठमाडौं-बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी हुनुभएको छ। मंगलबार दिउँसो रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका क्रममा पुगेका मुख्यमन्त्री जम्कट्टेल बिरामी हुनुभएको हो।

उहाँको स्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौँ ल्याउन लागिएको उहाँको सचिवालयले जनाएको छ।

अक्सिजनको लेभन कम भएर स्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई अहिले काठमाडौँ ल्याउन लागिएको हो।