अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छोरीको हत्यारालाई कारबाही माग गर्दै सर्लाहीकी राजवतीले अध्यक्ष ओलीलाई भेटेपछि……..

छोरीको हत्यारालाई कारबाही माग गर्दै सर्लाहीकी राजवतीले अध्यक्ष ओलीलाई भेटेपछि……..


काठमाडौं-दिपलाल सहनी र राजवती आफ्नी छोरी गिता सहनीको हत्यारालाई कारबाहीको माग गर्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकाका दिपलाल सहनी र राजवती सहनी आफ्नी छोरी गिता सहनीको हत्यारालाई कारबाहीको माग गर्दै अध्यक्ष ओलीसँग भेट गरेका हुन् ।

चार  महिनाको गर्भवती अवस्थामा रहेकी छोरी गितालाई दहेज (दाइजो) नपुगेको भन्दै फागु पुर्णिामाका दिन परिवारले हत्या गरेको उहाँहरुको आरोप छ। हत्यारालाई कारवाहीको माग गर्दा उल्टै आफ्नो छोरालाई समेत जेल हालेकाे भन्दै न्याय माग्दै सहनी दम्पतीले अध्यक्ष ओली न्याय दिलाइ दिन आग्रह गरेका छन् ।

नेकपा एमाले मुख्यालय कार्यालमा पुगेर अध्यक्ष ओलीसँग भेट गरेपछि न्याय माग्दै राजवती भावविह्वल हुनुभयो। पूर्वसांसद डाक्टर रिना यादवसहित एमाले मुख्यालय आउनु भएकी राजवती एमाले मुख्यालयमै ओलीसँग भेट गरेपछि न्याय माग्दै भावविह्वल मात्रै हुनुभएन अध्यक्ष ओलीकै अघि डाक्टर यादवलाई अँगालो हालेर रुन थाल्नुभयो ।

छोरीको हत्यारालाई कारबाहीको माग गर्दै करीब एक महीनादेखि भौतारिदा पनि प्रहरीले जाहेरी लिन नमानेपछि राजवती दम्पत्तीले केन्द्र आउन बाध्य भएको बताउनुभयो । आफ्नै अघि राजवती भावविह्वल भएपछि राजवतीले जाहेरीका लागि हातमा बोकेको कागज मागेर अध्यक्ष ओलीले पढ्नुभयो । जाहेरीका लागि तयार पारेको कागजमा पनि गिताले आत्महत्या गरेको भन्दै झुट्टा विवरण लेख्न लगाएको रहेछ। ओलीले जाहेरी हेरेपछि कागज सच्याएर कानूनी प्रक्रियामा अघि बढ्न सुझाव दिदैँ न्यायका लागि आफू प्रतिवद्ध भएको उल्लेख गर्नुभयो।

२२ वर्षीया छोरी गितालाई दहेजकै विषयमा कुटपिट गर्ने गरेको र अन्तिममा हत्या नै गरेको भन्दै राजवतीले भावविह्वल हुँदै पीडा सुनाउनुभयो । गिताको हत्यामा उहाँका श्रीमान गुड्डु सहनी, ससुरा हरिन्द्र सहनी र उहाँकी सासु रम्तियादेवीले माइतबाट दाइजो ल्याउन दबाब दिदैँ आएको र माइतीबाट दाइजो आउने सम्भावना नदेखेपछि उनीहरुले हत्या गरेको गिताका माइतीको आरोप छ।