अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेलाई जबरजस्त दोषी करार गर्न कांग्रेस लागिपरेको छ: अध्यक्ष ओली

रवि लामिछानेलाई जबरजस्त दोषी करार गर्न कांग्रेस लागिपरेको छ: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले उपप्रधानमन्त्री रवि लामिछानेलाई जबरजस्त दोषी करार गर्न लागिपरेको बताउनु भएको छ।

शुक्रबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले उजुरबाजुर कतै केही नभएको अवस्थामा कांग्रेसले लगातार छानबिन समितिको माग गरेर छुद्र राजनीति गरेको बताउनु भयो।

अध्यक्ष ओलीले उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका लामिछानेमाथि प्रश्न उठाउने तर बोल्न समेत नदिने गरेर अराजनीतिक व्यवहार गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘प्रतिशोधी र स्वार्थ केन्द्रित राजनीति मात्र होइन। नेपाली कांग्रेसको यस्तो तरिका फेयर छैन।’

अधध्यक्ष ओलीले साँच्चै छानबिन र कारबाही गर्नु स्वाभाविक भएको भन्दै कसैलाई धक्का र सनक चढेका भरमा छानबिन गर्ने हो भने सबैका विरुद्ध उजुरी पर्ने बताउनु भयो।