अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज दिउसो यी प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना

आज दिउसो यी प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना


काठमाडौं- हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।

भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालसम्म फैलिएको निम्न चापिय क्षेत्रकोसमेत प्रभाव नेपालमा देखिएको छ।
अहिले बिहान कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। कोसी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा अहिले मेघगर्जन, चट्याङ्ग हावाहुरीसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने छ। देशका केही स्थानमा दिउँसो मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना रहेको छ।

आज राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानसँगै बाँकी प्रदेशका एकदुई स्थानमा राति मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।