अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो

निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो


काठमाडौं-क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्वाबाट सफाई पाउनुभएको छ। उच्च अदालतले पाटनले सन्दीपलाई सफाइ दिएको हो।

यसअघि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै आठ वर्षको जेल सजाय सुनाएको थियो। जिल्ला अदालतको फैसलाविरूद सन्दीपले उच्च अदालतमा पुनरावेदन दिनुभएको थियो। जिल्ला अदालतले पीडित भनिएकी गौशाला २६ को आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर सन्दीपले बलात्कार गरेको ठहर गरेको थियो।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहनु भएका लामिछानेविरूद्ध गत वर्ष भदौ २१ गते गौशाला २६ ले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिनु भएको थियो ।

प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा हुनुहुन्थ्यो । घटनापछि नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई निलम्बन गरेको थियो।

वेस्ट इन्डिजमा रहेका लामिछाने नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका लामिछाने विमानस्थलबाटै पक्राउ पर्नुभएको थियो ।