अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सफाइ पाएपछि सन्दीपले भन्नुभयो: अदालतले न्याय दियो, न्यायमूर्तिप्रति आभारी छु

सफाइ पाएपछि सन्दीपले भन्नुभयो: अदालतले न्याय दियो, न्यायमूर्तिप्रति आभारी छु


काठमाडौं-क्रिकेटर सन्दीप लामिछानेले आफूले अन्ततः न्याय पाएको बताउनु भएको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला उल्टाई दिंदै सफाई दिइएको हो। उच्च अदालत पाटनबाट सफाइ पाएपछि लामिछानेले आफूलाई धेरै तवरबाट फसाइएको प्रतिक्रिया दिनुभयो।

क्रिकेटर लामिछानेले समर्थकहरूप्रति आभार प्रकट गर्नुभयो। आफूले सुरुदेखि निर्दोष रहेको बताउँदै आए पनि विगत साढे एक वर्षदेखि विभिन्न तवरले फसाएको बताउनु भयो । ‘सुरुदेखि म निर्दोष छु भनिरहें । साढे एक वर्षभन्दा माथि भयो, मलाई धेरै तरिकाले फसाइएको थियो। अपराधी करार गरिएको थियो। अन्त्यमा यहाँसम्म आइपुगेको छु,’ उहाँले भन्नुभयो।

उहाँले यसअघि जिल्ला अदालत काठमाडौंको फैसलालाई पनि सम्मान गरेको र उच्च अदालत पाटनको फैसलालाई पनि सम्मान गर्ने बताउनु भयो । ढिलै भए पनि आफूले न्याय पाएको उहाँको भनाइ छ।

‘मलाई न्याय दिनु भएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु। अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा पनि अटल रहनेछ’, उहाँले भन्नुभयो ।

उहाँले काँधमा नेपालको झण्डा राख्दै नेपाली क्रिकेटलाई झन माथि पुर्‍याउने प्रतिवद्धता गर्नुभयो । ‘नेपाली क्रिकेटलाई जहाँ पुर्‍याएको थिएँ, त्यसभन्दा पनि माथि पुर्‍याउँछु,’ उहाँले भन्नभयो। सन्दीपका कानुन व्यवसायी सरोजराज घिमिरेले सन्दीप लामिछानेलाई कप्तानीसहितको जिम्मेवारी दिनुपर्ने बताएका छन्।