अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रभु बैंक र भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रालिबीच विशेष छुट सम्झौता

प्रभु बैंक र भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रालिबीच विशेष छुट सम्झौता


काठमाडौं-विराटनगर-७, मोरङ्गस्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

एक समारोहकाबीच भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लिका संचालन निर्देशक भास्कर कुमार झा र प्रभु बैंकका कोशी प्रदेश का प्रमुख ब्यापार केन्द्र अधिकृत बद्रि कुमार कटवालले समझदारीमा हस्ताक्षर गर्नुभयो।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि सर्जरी, शल्यक्रिया, पावर चस्मा, औषधी खर्च तथा अन्य सेवाहरूमा  विशेष छुट  प्राप्त गर्न सक्नेछन्। साथै बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लिमा पेश गर्नुपर्ने छ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रालिले निरन्तर स्तरिय आँखा सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ। स्वास्थ्यप्रति जागरुक नागरिकहरुका लागि भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लिमा परामर्श तथा उपचार सेवाहरुमा १० देखि १५ प्रतिशतसम्मको छुट व्यवस्था रहेको छ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणि बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।