अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ पुष्टि

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१ र केपी.२’ पुष्टि


काठमाडौं-नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङमा ओमिक्रोनको सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको जानकारी दिनुभयो ।

उक्त भेरियन्ट घातक नभएको डा.बुढाथोकीको भनाइ छ। उहाँ भन्नुहुन्छ, ‘ओमिक्रोनको नयाँ सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको छ। तर यो सब भेरियन्ट सामान्य रुघाखोकी जस्तै भएकाले आत्तिनुपर्दैन।’

प्रयोगशालाले केही महिनाको ४० वटा कोरोना सङ्क्रमितको नमुनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतमा ओमिक्रोनका विभिन्न भेरियन्ट पुष्टि भएको थियो ।