अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यू

सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यू


काठमाडौं- सुर्खेतमा जिप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करिव पौने चार बजेको समयमा सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो जिप सुर्खेतदैलेख सडक खण्ड अन्तर्गत वीरेन्द्रनगर १४ स्थित रातानाङलामा दुर्घटना भएको हो। भे १ च २५६० नम्बरको जिपमा ६ जना सवार थिए। त्यसमध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक कसैको पनि परिचय खुलेको छैन। एउटा शव रुखमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी जिप चालक र एक यात्रु गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रवी विश्वकर्माले जानकारी दिनुभयो।
‘जिप सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ,’ उहाँले भन्नुभयो, ‘दुर्घटनाको कारण खुल्न सकेको छैन। हामी थप अनुसन्धनकै क्रममा छौँ।’