अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँ उपत्यकामा हावाहुरीसहित हल्का वर्षा

काठमाडौँ उपत्यकामा हावाहुरीसहित हल्का वर्षा


काठमाडौं – काठमाडौं उपत्यकामा हावा हुरी, मेघ गर्जन, चट्याङ्सहित हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाका अनुसार अहिले उपत्यकामा हावाहुरीसहित वर्षा सुरु भएको हो।

आकाशमा पानी पार्ने बादलको विकास भएकाले विशेष गरी उत्तर–पूर्वी भूभागमा हल्का वर्षाको भइरहेको उहाँको भनाइ छ।

यो प्रक्रिया अबको दुई घण्टासम्म रहने मौसमविद् झाको भनाइ छ। पानी सबै भूभागमा एकैनासको भने नपर्ने उहाँले बताउनुभयो। अहिले बादल उत्तरबाट दक्षिणतर्फ सर्दै गएको छ।