अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले झापाऔकाठमाडौं सम्पर्क मञ्चको स्वास्थ्यका लागि पदयात्रा सम्पन्न

एमाले झापाऔकाठमाडौं सम्पर्क मञ्चको स्वास्थ्यका लागि पदयात्रा सम्पन्न


काठमाडौंऔनेकपा एमाले झापा-काठमाडौं सम्पर्क मञ्चले ‘जीवनका लागि स्वस्थ्य, स्वास्थ्यका लागि पदयात्रा २०८१’ सम्पन्न गरेको छ।

शनिबार आयोजित उक्त पदयात्रा ललितपुरको गोदावरी मार्वल डाँडा हुँदै भ्यु टावरसम्म पुगेको थियो। हाइकिङ टावरमा पुगेपछि विभिन्न कार्यक्रम गरिएको मञ्चका सचिव एवम् पदयात्रा आयोजक उपसमिति संयोजक युवराज बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रिय सभा नेकपा एमाले संसदिय दलका नेता तथा पोलिटब्यूरो सदस्य देवेन्द्र दाहालले कार्यक्रमको शीर्षक राम्रो रहेको भन्दै प्रशंसासहित आगामी दिनमा निरन्तरता दिन शुभकामना दिनुभयो।

त्यस्तै, नेकपा एमाले सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत, सचिव इन्द्र भण्डारी, सचिवालय सदस्य तथा महिला विभाग प्रमुख गीता बराल, सदस्य तथा झापा-काठमाडौं सम्पर्क मञ्च इन्चार्ज बिष्णु घिमिरे, सदस्यहरु केशव गजुरेल, कपिल देव ओली, कोशी प्रदेश सम्पर्क कमिटी अध्यक्ष नवराज घिमिरे, सचिव सुरज काफ्ले, उपभोक्ता हित संरक्षण विभाग सचिव मोहिनी खनाल, युवा तथा खेलकुद विभाग सचिव मेघराज पौडेल, निजामती कर्मचारी संगठन सचिव टीपी भण्डारी, कोशी प्रदेश सम्पर्क कमिटी सचिवालय सदस्य तथा झापा-काठमाडौं सम्पर्क मञ्च इन्चार्ज राम गौतम, सदस्य राधिका दाहाल, रामचन्द्र अर्याल, मिनु पोखरेल, माया भण्डारी, झापा जिल्ला कमिटी सदस्य तुलसी मैनाली, कोशी प्रदेश सम्पर्क कमिटी सल्लाहकार परिषदका सदस्यहरु, सम्पर्क मञ्चका सल्लाहकार परिषद अध्यक्षलगायत सदस्यहरुको सहभागीता रहेको थियो ।