अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी सरकार गठनविरुद्धको मुद्दा‘हेर्न नमिल्ने’मा

कोशी सरकार गठनविरुद्धको मुद्दा‘हेर्न नमिल्ने’मा


विराटनगर-कोसी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालत दायर गरेको रिट आइतबार ‘हेर्न नमिल्ने’मा परेको छ। रिटमामाथि आजदेखि पूर्ण इजलासमा सुनुवाइ गर्न पेसी तोकिएको थियो।

न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अब्दुल अजिज मुसलमान र सुनीलकुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ हुने तय थियो । न्यायाधीश पोखरेलले यसअघि कोसीका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा कानुन व्यवसायीका रूपमा बहस गर्नुभएको थियो। उक्त मुद्दामा कार्कीको पक्षमा फैसला भएको थियो । कार्की परमादेशबाट मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।

यसबीचमा पोखरेल सर्वोच्चको न्यायाधीश नियुक्त हुनुभयो । कानुन व्यवसायी छँदा हिक्मतकुमारविरुद्ध बहस गर्नुभएका उहाँले न्यायाधीशका रूपमा सरकारबारेको सोही प्रकृतिको मुद्दा हेर्न नमिल्ने भएको सर्वोच्च प्रशासनले जनाएको छ।
कोसीका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका एमालेका हिक्मतकुमारले प्रदेशसभाबाट विश्वासको मत समेत लिइसक्नुभएको छ। निवर्तमान मुख्यमन्त्री कार्कीले भने उपधारा ५ अनुसार एकपटक विश्वासको मत लिएपछि दुई वर्षसम्म लिनु नपर्ने भन्दै नयाँ सरकार गठनको प्रक्रिया खारेज गर्न र आफूलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिन माग गर्नुभएको छ।