अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीर अस्पतालका सबै युनिटको सेवा सुचारु गर्न संसदीय समितिको निर्देशन

वीर अस्पतालका सबै युनिटको सेवा सुचारु गर्न संसदीय समितिको निर्देशन


काठमाडौं-संसदीय समितिले वीर अस्पतालमा रहेको आईसीयू, सीसीयू वेड, भेन्टिलेटर, कार्डियाक युनिट, जेरियाटिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सेवा सुचारु हुने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले वीरका ती युनिटलाई सुचारु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो।

देशका संघीय अस्पतालमा रहेको आईसीयू, सीसीयूको अवस्था अध्ययन गरी आवश्यक सुधार गर्न पनि निर्देशन दिइएको छ। बैठकले स्वास्थ्य क्षेत्रको सुधार एवम् सेवा प्रभावकारिता र गुणस्तर सुधारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।