अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्यमन्त्री यादवद्वारा वीरगञ्जमा ढलान सडक उद्घाटन

स्वास्थ्यमन्त्री यादवद्वारा वीरगञ्जमा ढलान सडक उद्घाटन


वीरगञ्ज-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरमा ढलान सडक तथा नालाको उद्घाटन गर्नुभएको छ। उहाँले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाँमा निर्मित ढलान सडक तथा नाला उद्घाटन गर्नुभएको हो।

त्यसअवसरमा उहाँले सडक र नाला निर्माणसँगै स्थानीयले वर्षौदेखि भोग्दैआएको सास्तीबाट मुक्ति पाउने बताउनुभयो। ‘यहाँ सडक र नाली नबन्दा निकै समस्या भइरहेको थियो’। स्थानीयवासीको मागबमोजिम सडक र नाला निर्माण भएपछि पक्कै पनि हालसम्म भोग्दैआएको समस्या समाधान हुनेछ’, यहाँले भन्नुभयो

मन्त्री यादवले सडक र नाला निर्माणले वडासँगै समग्र वीरगञ्ज महानगरको पनि समृद्धि हासिल गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो