काठमाडौं – बुटवलमा कार सडकबाट खस्दा तीन जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यलय बुटवलका अनुसार गएराति साढे आठ बजे बुटवल १३ नुवाकोटगढी भ्युटावर नजिकै कार दुर्घटनामा भएको हो इलाका प्रहरी कार्यालयका डिएसपी वियराज पण्डितका अनुसार स्याङ्जाका रामप्रसाद शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा( ३ कै ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा बुटवल ९ मिलनचोक घर भएका ५६ वर्षीया चन्दा श्रेष्ठ र बुटवल ११ कि ४६ वर्षीया लक्ष्मीता श्रेष्ठ घाइते भएका छन्।
घाइतेद्वयको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको पण्डितले बताउनुभयो ।
भ्युटावर क्षेत्र घुमेर बुटवल फर्कँदै गरेको लु २ च ८५३१ नम्बरको कार ओरालो सडकबाट भिरहुँदै करिब एकसय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया