काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ बारे गिरिशचन्द्र लालको अध्यक्षतामा बनेको आयोग प्रतिवेदन कार्यान्वयनमा तलमाथि नहुने बताउनु भएको छ।
बिहीबार उद्योगीहरूसँगको छलफलमा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘डेडिकेटेड र ट्रंक लाइन महसुलबारे विद्युत् प्राधिकरण र उद्योगीहरूबीच विवाद भएका कारण सरकारले आयोग गठन गरेको हो, आयोगले जे सिफारिस गरेको छ, त्यो कार्यान्वयन हुनुपर्छ।’




प्रतिक्रिया