काठमाडौँ-कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा अन्तिम बहस सम्पन्न भएको छ। न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा मंगलबार बहस सकिएको हो।
अहिले न्यायाधीशहरु फैसला सुनाउनका लागि लेखनमा जुटेको र सम्भवतः आजै यो मुद्दामा फैसला आउने बताइएको छ।
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा जेठ ३१ गतेदेखि सुनुवाइ हुँदै आएको थियो । पहिलो दिन कार्कीका तर्फबाट बहस भएको थियो भने दोस्रो पेशीको दिन (असार १० गते) मुख्यमन्त्री हिक्मत बहादुर कार्कीका तर्फबाट बहस भएको थियो ।
प्रतिक्रिया