अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस

एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस


काठमाडौं-एनएमबि बैंक लिमिटेडले सातै वटा प्रदेशमा एमएसएमई दिवस मनाएको छ। अन्तर्राष्ट्रिय एमइसइमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरूलाई सम्मान र सहयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो।

कार्यक्रममा एमएसएमईका ग्राहहरूलाई लेखा, वित्त, मार्केटिङ्ग, डिजिटलाईजेशन जस्ता बिषयहरूको जानकारी दिँदै यसबाट अधिकतम फाइदा लिएर व्यवसाय अभिवृद्धि गर्नका लागि उत्प्रेरित गरिएको बैंकले जनाएको छ।

कार्यक्रमा उपस्थित ग्राहकबीच एक आपसमा सम्बन्ध जोड्न र ग्राहकको व्यवसाय प्रवर्धर्न गर्नका लागि बैंकले सहजीकरण गर्दै व्यवसायमा आइपरेको समस्याको समाधानका लागि सुझाव दिइएको थियो भने उपस्थित केही ग्राहकहरूले आफ्नो सफलतका कथाहरू समेत सुनाएका थिए । यस कार्यक्रममा बैंकका विभिन्न शाखाबाट ८०० जना भन्दा बढी ग्राहकहरू सहभागी भएका थिए।

एमएसएमई लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै आइरहेको यस बैंकले विगत ३ वर्षदेखि यो दिवस मनाउँदै आइरहेको छ। कार्यक्रमा उपस्थित ग्राहकले प्रतिस्पर्धात्मक बजारमा आफूलाई शसक्त बनाएर आफ्नो व्यापार व्यवसाय बढाउने समेतको आत्मविश्वास बैंकले प्रदान गरेको छ।

एनएमबि बैंक विगत २८ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ। यो बैंक ‘दि फिनान्सियल टाईम्स’ लण्डनको द ब्यान्कर पत्रिकाद्वारा ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधी प्राप्त गरिसकेको छ। एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।