अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते

दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते


दैलेख-दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। शुक्रबार दिउँसो साढे २ बजेको समयमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रहरीका अनुसार दैलेख सदरमुकामबाट नौमुलेका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगरपालिका वडा- ५ धितामा दुर्घटनामा परेको हो।

जिपमा सवार ९ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी जनाएको छ। प्रहरीका अनुसार घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ । गम्भीर घाइते दुई जनालाई रिफर गर्ने तयारी रहेको छ।