अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

समयमा स्वच्छ खानेपानीको लक्ष्य पूरा हुन्छ: खानेपानीमन्त्री राई

समयमा स्वच्छ खानेपानीको लक्ष्य पूरा हुन्छ: खानेपानीमन्त्री राई


धनकुटा-खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सन् २०३० सम्म नेपाली नागरिकलाई स्वच्छ पानी खुवाउने सरकारको लक्ष्य समयमा पूरा हुने बताउनुभएको छ।

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको खानेपानी समस्या समाधानका लागि ‘एक घर, एक धारा’ कार्यक्रम र स्वच्छ खानेपानी कार्यक्रमलाई देशभरि तीव्रता दिइएको जानकारी दिनुभयो।

तराई क्षेत्रको खानेपानी व्यवस्थापनका लागि चुरे क्षेत्रको जलाधार संरक्षणमा आवश्यक बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । काठमाडौँवासीका लागि मेलम्चीको पानी सहज आपूर्ति गर्न मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीयलाई राहतको व्यवस्था गरिएको र बाढीले बगाएको खानेपानी इन्टेक निर्माण गर्न लागिएको मन्त्री राईले जानकारी दिनुभयो ।

खानेपानी नागरिकको मौलिक अधिकार भएकाले आम नेपालीहरुले निःशुल्क खानेपानी खाने व्यवस्था गर्न आवश्यक कानुन निर्माणका लागि विधेयक बिनिरहेको पनि उहाँले जानकारी दिनुभयो।