अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको प्रिन्ट मिडिया सङ्कटमा छन् भन्दैमा हात बाँधेर बस्न मिल्दैन: अध्यक्ष बस्नेत

नेपालको प्रिन्ट मिडिया सङ्कटमा छन् भन्दैमा हात बाँधेर बस्न मिल्दैन: अध्यक्ष बस्नेत


काठमाडौँ-प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालको प्रिन्ट मिडिया सङ्कटमा रहेको बताउनु भएको छ। 

आइतबार प्रेस काउन्सिल नेपाल र सञ्चारिका समूहको संयुक्त आयोजनामा ‘युट्युबसहित सामाजिक सञ्जालको पत्रकारितामा प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले यस्तो बताउनु भएको हो । उहाँले नेपालको प्रिन्ट मिडिया सङ्कटमा रहेको बताउँदै मिडिया हाउसको व्यवस्थापन र सम्पादकीय नेतृत्वले त्यही अनुसारको रणनीति अपनाउनुपर्ने बताउनु भयो।

अध्यक्ष बस्नेतले भन्नुभयो, ‘नेपाली पत्रकारितामा सङ्क्रमणकाल छ। फेरि त्यो सङ्क्रमण पनि हाम्रै हातमा छ। सङ्कट र अवसर सँगै छन्। हामीले प्रिन्ट मिडियामा सङ्कट छ भनेर हात बाँधेर बस्ने हो भने समस्या झन् ग्रस्त हुँदै जान्छ।  अब यस सङ्कटलाई टार्नका लागि प्रिन्ट मिडियाका व्यवस्थापक र सम्पादकीय नेतृत्वले पनि त्यही अनुसारको रणनीति बनाएर अघि बढ्न आवश्यक छ। व्यवस्थापकीय रणनीति फेर्न जरुरी छ।’

प्रविधिको आधुनिकीकरणसँगै मिडिया हाउसहरूलाई आफूलाई परिमार्जन गर्दै लग्नुपर्नेमा उहाँको जोड थियो । अध्यक्ष बस्नेतले युट्युबहितका न्यू मिडियाहरू समेत प्रेस काउन्सिलमा दर्ता गर्ने क्रम बढ्दै गइरहेको उल्लेख गर्दै सबैले काउन्सिलको आचारसंहिता अवलम्बन गर्न आवश्यक रहेको बताउनु भयो।