अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज चार प्रदेशमा भारी र तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना

आज चार प्रदेशमा भारी र तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना


काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
यतिबेला सोमबार बिहान देशभरको मौसम साधारणदेखि पूर्णतया बदलीको अवस्थामा छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा आज दिउँसो धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर मौसम साधारणदेखि पूर्णतया बदली रहने छ।
कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा आज राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा राति धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।